असोज २३ काठमाडौ/बागमती अन्लाईन खबर
नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सचिब तथा प्रतिनिधि सभा सदस्य माननीय कमरेड जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा नागार्जुन नगरभित्र परिचयात्मक तथा बढादशै लगायत दिपावलीको शुभकामना चियापान कार्यक्रम आयोजना भएको छ।
उक्त कार्यक्रममा नगरभित्र बसोबास गर्न केन्द्र, प्रदेश, जिल्ला, नगर र वडा कमिटीका सदस्य तथा नेताहरुबिच परिचयात्मक, शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम समापन भएको हो।नेकपा एसका पार्टीका केन्द्रिय सचीव समेत रहेको श्रेष्ठले अब नेकपा एसले संगठन बिस्तार लगायत पार्टीका क्रियाकलाप लाई थप गर्दै जाने पनि जानकारी दिएका हुन।







