काठमाडौँ – नेपाली चलचित्र उद्योगका कलाकार बिपिन कार्कीलाई आज मातृ शोक परेको छ। बिपिन कार्कीकी आमा निधन भएकोले कलाकार र उनका परिवारमा गहिरो शोक छाएको छ।
बिपिन कार्कीका आमाको केही दिनदेखि चिकित्सा उपचार भैरहेको थियो भने उपचारको क्रममा निधन भएको हो। उनका परिवार र नातेदारहरूले आमाप्रति श्रद्धांजलि अर्पण गर्दै गहिरो दुःख व्यक्त गरेका छन्। चलचित्र क्षेत्रका विभिन्न महत्वपूर्ण प्रोजेक्टमा आफ्नो अभिनय क्षमताको प्रदर्शन गरेका कार्कीलाई हालको मातृ शोकले गहिरो प्रभाव पारेको छ।
कलाकार, प्रशंसक र फिल्म उद्योगले पनि उनीसँग गहिरो सहानुभूति प्रकट गरेका छन्।नायक कार्कीको मातृ शोकमा उनका साथी र प्रशंसकहरूले सामाजिक संजालबाट उनलाई गहिरो समवेदना सन्देश व्यक्त गरेको छ।
उनको परिवारलाई यो कठिन घडीमा सहनशीलता र शान्तिको हामि पनि कामना गर्दछौ।







