असार १,काठमाडौ।
गण्डकी प्रदेशका पुर्बमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गरेका छन्।
गुरुङको सचिवालयल अनुसार प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गरि आफू जनताको सेवामा समर्पित रहेने भनी उहाले भन्न भएको छ।
गुरुङले नवगठित गण्डकी प्रदेशको सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना रहेको प्रष्ट पारेका छन्। उहाका अनुसार जनताको सुबिधा र सेवालाई प्राथमिकता राखोस भन्ने मेरो कुरा हो।
गण्डकी प्रदेश सरकार गठन भए संगै नया मन्त्रीपरिषदले गरेको निर्णयमा पूर्व मुख्यमन्त्रीलाई सुविधा दिने कार्यबिधी बनाइ कानुन बनाउने समाचारबाट धेरैमा भ्रम पर्न गएको छ। माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा लिने एक रत्ति पनि इच्छा छैन। उहाँले त्यस्तो सुविधा लिनु हुने छैन भन्ने जानकारि गुरुङको सचिवालयले दिएको छ। सचिवालयका अनुसार नवगठित गण्डकी प्रदेस सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट गर्दछु।’ भनी अभिव्यक्ति दिनु भएको छ।
गण्ड्की प्रदेेेसको नवगठित सरकारले गरेको निर्णयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय भएको थियो । पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन ऐन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जानकारी दिएका थिए । सो विषय बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री पोखरेलको आलोचना सुरु भएको छ। यस्ता निर्णयले प्रदेश सरकार सुविधाभोगी भएको टिप्पणी हुन थालेको छ।







