देशभर निरन्तर भइरहेको बर्षाको कारण विभिन्न क्षेत्रहरूमा विपद् आउने अवस्था सिर्जना भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ को भाइरल रोड भनि व्यापक प्रचार गरिएको गाम्चा-सापाटार-जगडोल जोड्ने बूढानीलकण्ठ नगरपालिका र गोकर्णेस्वर नगरपालिका जोड्ने यो सडक अहिले हिड्न असुरक्षित बनेको छ भने सवारी आवागमन लगभग बन्द जस्तै भएको छ। निरन्तर बर्षाले जमिन कमजोर बनाउँदै माटो पहिरोको कारण थुप्रिएको छ, जसले गर्दा कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम थपिएको छ।

यो अवस्था बर्षायाम सुरु भएदेखिनै देखिएको हो, तर स्थानिय सरकारको अकर्मण्यता र विपद् व्यवस्थापनमा गरेको चरम लापरवाहीले समस्यालाई अझ गम्भीर बनाएको छ। पहिलाकै पहिरोले बगाएको माटो हटाउने कुनै प्रयास नगरिएकोले स्थिति झनै बिग्रिएको छ। स्थानिय सरकारको तर्फबाट विपद् व्यवस्थापनको कुनै ठोस योजना नबन्दा र त्यस्ता योजनाको रणनीतिक कार्यन्वयन नगर्दा जनताले नै यो प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने बाध्यता भएको छ।

जनतालाई सुरक्षित बनाउने उद्देश्यले, हामी अनुरोध गर्छौं कि यस्ता असुरक्षित मार्गहरूमा सवारी र पैदल यात्राको क्रममा विशेष सावधानी अपनाउनुहोस्। साथै स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै, यी समस्याहरूलाई तुरुन्त सम्बोधन गरिनुपर्ने आवश्यकता छ, ताकि जनताको प्राकृतिक जोखिमबाट सुरक्षा सुनिश्चित गर्न सकियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय