निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ ।
दर्ता भएका दलहरुका लागि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार क्रमागत रुपमा निम्न बमोजिम दलहरुको निर्वाचन चिन्ह रहेका छन ।
एमालेको सूर्य चिह्न पहिलो
कांग्रेसको रुख दोस्रो,दोस्रो
माओवादी केन्द्रको गोलागारभित्रको हँसिया हथौडा,तेस्रो
राप्रपाको हलो,चौथो
जसपाको ढल्केको छाता,पाचौं
जनमत पार्टीको लाउड स्पिकर,
नेकपा एकीकृत समाजवादीको कलम,
त्यसै गरि क्रमश नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोसपाको साइकल, नेमकिपाको मादल, जममोर्चाको गिलास र नेपाल समाजवादी पार्टी रहेको छ ।







