नेकपा ( एकीकृत समाजवादी ) को घटक संगठनको बैठक बसेको छ । बैठकले चुनावी समीक्षा र आगामी कार्ययोजना तय गर्ने कार्यक्रम रहेको छ ।
बैठकले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समीक्षा र आगामी कार्ययोजना तय हुने मोर्चा फाँट इन्चार्ज तथा पार्टीका उपमहासचिव डा विजय पौडेलले बताउनु भयो ।
बैठकले प्रत्येक मोर्चा संगठनको तत्काल बैठक जिल्ला तहसम्मको बैठक बसाली समीक्षा टिपोट लिने कार्ययोजना तय हुने मोर्चा फाँटका सह इन्चार्ज भविसोर पराजुलीले बताउनु भयो । पार्टी अन्तर्गत २१ वटा मोर्चा संगठनहरू क्रियाशील छन्







