काठमाडौ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । बैठक बिहान ११ बजे कार्की बेन्क्वेट बबरमहलमा बस्नेछ । आजको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

पोलिटब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको छ ।

आज हुने बैठकमा आसन्न स्थानीयको तहमा निर्वाचन, एमसीसीको व्याख्यात्मक घोषणालगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय