साउन,२१ काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी एमालेको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित सार पार्टी प्यालेसमा आज बुढानिलकण्ठ नगर कमिटीको बैठक कार्यक्रम समापन भएको छ।कार्यक्रममा पार्टीका विभिन्न बिषयहरुमा छलफल भएको थियोे ।

आज भएको नगर कमिटीको पहिलो बैठक कार्यक्रममा बुढानिलकण्ठ नगर कमिटीका अध्यक्षको तर्फबाट प्रदिप डङ्गोलको शुभकामना मन्तव्यबात शुरु भएको थियोे भने पार्टी जिल्ला सचिब तथा माननिय दिपक निरौला ,पार्टी प्रदेस कमिटी  तथा बागमतीका सचिवालय को तर्फबाट उढ्ब खरेल , माननीय नारायण सिलवाल तथा बिदेश बिभाग प्रमुख तथा केन्द्रिय सदस्य डा राजन भट्टराई लगायतले  आ-आफ्नो मन्तव्य राख्नु भएको थियोे।

कार्यक्रममा छ्लफल भएका बिषयहरुमा बुढानिलकण्ठ नगर कमिटी नामावली , बुढानिलकण्ठ वडा शाखा कमिटीमा अध्यक्ष तथा सचिब चयन, कार्यबिभाजन सचिवालय/इन्चार्ज/बिभाग, सुदृढीकरण अभियान,मतदाता परिचयपत्र सम्बन्धमा,जनसंग्ठन गठन/पुर्नगठन गर्न बिषयहरुमा छलफल तथा निर्णयहरु भएको थियोे अब निकट समयमा चाडै पार्टी अधिबेशनका लागि तयार हुन तथा निर्वाचनको समयावधि पनि नजिकिदै गर्दा  आ-आफ्नो ठाउँ र आफ्नो तर्फबाट तयार रहन पार्टीका जिल्ला सचिब बाट निर्देशन पनि जारी गरेको घोषणा समेत गरेको थियोे ।

उक्त कार्यक्रमले आजै बुढानिलकण्ठ नगरपालिका वडाका इन्चार्जहरु तोकेको छ। क्रमश: सुरेन्द्र लामा-१,राजेन्द्र खड्का-२,बिमला न्यौपाने-३,कैलास खड्का-४,किरण ठकुरी -५,श्याम के सि-६, शोभा अधिकारी -७,सुमन तामाङ-८,पशुराम अधिकारी -९,धुर्ब भट्टराई-१०,राजु अधिकारी -११,शम्भु भट्टराई-१२,कृष्णकाजी श्रेष्ठ -१३
रहेको छन।

त्यसै गरि राष्ट्रिय युवा संघ नेपालको नगर इन्चार्जमा नवराज भट्टराई, अनेम संघमा दुर्गा थापा ,जेष्ठ कम्युनिस्ट मञ्चमा बिन्दा गौतम,बिद्यार्थी इन्चार्जमा देबि रेग्मी,खेल्कुद महासंघ सुनिता गुरुङ,प्रचार प्रमुखमा पुण्यराज पुडासैनी,सल्लाहकार समिती इन्चार्जमा ईश्वरि भट्टराई,बुद्धिजीवी इन्चार्जमा राधाकृष्ण ,राष्ट्रिय जनसास्कृतिक मंचमा लक्ष्मि न्यौपाने,नेपाल उत्पीडित मुक्ति समाजमा तारा रोक्का,शिक्षक संगठन इन्चार्जमा विणामाया थिङ, बिकास निर्माण अनुगमन संयोजकमा श्रीकृष्ण श्रेष्ठ , अनेम संघ (६) नानू खड्का तथा अनेम संघ (७) राममाया महर्जन लगायत इन्चार्जको घोषणा भएको हो।

उक्त आज भएको कार्यक्रममा डा.राजन भट्टराई प्रमुख अतिथिको रूपमा रहेका थिए भने अतिथिमा क्रमशः केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला कमिटी अध्यक्ष कृष्ण राइ, जिल्ला सचिव दिपक निरौला, केन्द्रिय सदस्य काठमाडौ जिल्ला कमिटी सह- इन्चार्ज नारायण सिलबाल , उढ्ब खरेल,संगम गहजरात,मिठाराम अधिकारी,बिदुर बिक्रम खड्का,लक्ष्मि खड्का,अनिता लामा तथा शुशिला सिलवालको उपस्थितमा कार्यक्रमको समापन भएको थियोे ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय