नेकपा एकिकृत समाजवादी गल्याङ्ग नगरकमिटि ११ को अध्यक्षमा शिबलाल अर्याल निर्वाचित हुनु भएको छ।कमिटिको उपाध्यक्षमा कृष्ण प्रसाद खनाल र एकनारायण अर्याल, सचिवमा प्रकाश अर्याल, उप-सचिवमा भावना भट्टराई र कल्याण कंडेल सहित ४१ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ।कमिटिको सदस्यहरुमा कृष्ण कंडेल, रामु अर्याल, नवीन अर्याल, राजु अर्याल, ईमान अर्याल, चन्द्रकान्त अर्याल, कुस्माखर अर्याल, रुक्मागत अर्याल, चुडामणी अर्याल, कृष्ण प्रसाद अधिकारी, शिब भट्टराई, कविता भट्टराई, खेमराज अर्याल, गोपिकृष्ण अर्याल, रामकृष्ण अर्याल, चन्द्रकला अर्याल, रुकमाया अर्याल, सागर अर्याल, शुसिला अर्याल, सोमनाथ भट्टराई, यज्ञ भट्टराई र कविता भट्टराई लगायत रहनुभएको छ ।

कार्यक्रमलाई पूर्व सांसद महेन्द्र थापामगरले मुलुकको दिगो विकास, जनताको शान्ति सुरक्षा, रोजगार, शिक्षा, स्वास्थ्य लगाएतका एजेण्डा एकिकृत समाजवादीले बोकेको बताउनुभयो ।उहाँले देशैभर नेकपा एसको पक्षमा जनलहर शिर्जना भएकाले पार्टी बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै जिल्ला इन्चार्ज प्रेम नारायण पौडेल, जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, नेता राजन शर्मा पराजुली र कृष्ण प्रसाद खनालले एकिकृत समाजवादीमा देखिएको आकर्षणले प्रतिगमनका मतियारहरु अताल्लिएको बताएका छन् ।
उनीहरुले नेकपा एस गरिब, उत्पीडित, उपेक्षीत, महिला, अल्पसंख्यक, किसान र मजदुरको पक्षमा निरन्तर संघर्ष गर्ने समेत बताएका छन् ।

नेकपा एकीकृत समाजवादी गल्याङ्ग नगरकमिटी अध्यक्ष गोपाल अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनेरास्ववियू स्याङ्जाका सचिव नवदुर्गा कंडेलले गर्नुभएको थियो ।कार्यक्रममा एकदर्जन बढी नेकपा एमाले परित्याग गरी नेकपा एकिकृत समाजवादीमा समाहित भएको नेता हरिमोहन भण्डारीले जानकारी दिनुभयो ।कार्यक्रममा स्याङ्जा जिल्ला सचिव टिकाराम नेपाली, जिल्ला उपसचिव श्री गुरुङ, सचिवालय सदस्यद्वय शंकरध्वज कार्की, राजेन्द्र मरासिनी, जिल्ला सदस्य नेत्र बहादुर थापा, अनेरास्ववियू गण्डकी प्रदेश सहसचिव शिब भट्टराई, युवा संघ नेपाल स्याङ्जा संयोजक भोजराज सापकोटा, अनेरास्वियू केन्द्रिय उपसचिव राजन शर्मा पराजुली लगाएतको उपस्थिति थियो ।-युवराज अर्याल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय