नेकपा (एस) निकट विद्यार्थी सङ्ग्ठ्न अनेरास्ववियूले बूढानीलकण्ठ आवासिय बिधालय भर्ना प्रक्रियामा आर्थिक चलखेल गरेको भन्दै विरोध गरेको छ।बूढानीलकण्ठ नगरपालिका अवस्थित देशको नै प्रतिष्ठित बिधालय नेपाल सरकारको अनुदानबाट सञ्चालित बुढानिलकण्ठ आवासीय विद्यालयमा विद्यार्थी भर्ना प्रकृया मिचेर आर्थिक चलखेल गरेको भन्दै बिद्यार्थी सङ्ग्ठन अनेरास्ववियूले बिरोध गरेको छ ।

अनेरास्ववियूले एक बिज्ञप्ति निकाल्दै बिधालयको उक्त कार्यको बिरोध गर्दै शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ। नेकपा एकीकृत समाजवादी निकट मानिने बिद्यार्थी सङ्गठ्नले प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई भर्ना नगरी अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई आर्थिक चलखेल तथा पदिय जिम्मेवारीको दुरुपयोग गर्दै अनुत्तिर्ण विद्याधीहरुलाई भर्ना गरेको प्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ भन्दै बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त जारी गरिएको बिज्ञप्ति अनुसार प्रवेश परिक्षाको नतिजा मेरिट बेसका आधारमा विद्यार्थीको भर्ना नगरिनु निन्दनीय पक्ष हो । हरेक वर्ष कक्षा ५ र अन्य विद्यार्थी रिक्त भएका कक्षाहरुमा प्रवेश परिक्षाको मेरिट बेसका आधारमा भर्ना लिदै आएको बुढानिलकण्ठ आवासिय विद्यालयले यस वर्षको भर्ना प्रक्रियामा गरेको अनियमितताले यस विद्यालयको उच्च प्रतिष्ठा माथि गम्भीर प्रश्न उठेको छ । नेपालको शिक्षा क्षेत्रमा एक प्रतिष्ठीत विद्यालयको छवि कायम गरेको विद्यालयल यस्ता प्रकारका आर्थिक र प्रशासनिक अनियमिततामा मुछिनु दुःखद पक्ष हो । यस वर्षको भर्ना प्रक्रियामा संलग्न माथि छानविन गरि कारवाही गर्न र भर्ना प्रक्रियालाई मेरिट बेसका आधारमा अगाडि बढाउन नेपाल सरकार शिक्षा मन्त्रालयलाई अनेरास्ववियू जोडदार माग गर्दछ । बुढानिलकण्ठ आवासीय विद्यालयको प्रतिष्ठालाई जोगाउने कार्यमा ध्यान दिन विद्यालय प्रशासन र नेपाल सरकार शिक्षा मन्त्रालयलाई सँग अनुरोध गर्दछौ भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय