आज भएको प्रधानमन्त्री निवास बालुवाटारमा सतारुढ गठबन्धन दलहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्षले सातवटा प्रदेश मध्य एक प्रदेशमा आफ्नो पार्टीको नेतृत्व हुनुपर्छ भनी अडान राखेका छन ।

आज भएको उक्ति बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले हाम्रो पार्टी सत्ता प्राप्तिको लागि भर्याङ्ग मात्र सरकार सहभागी नभएको बताएका छन । साथै सत्ता गठबन्धनमा सम्मानजनक भागबन्डामा सहभागी गराउनु पर्ने लगायतका विषयमा अडान राखेपछी बागमती प्रदेश सरकारका लागि बिश्वासको मत लिने भनिएको संकटमा परेको छ ।

आज विषेशत प्रदेश सरकारमा भागबन्डाका लागि बैठक बसेको थियो । बागमती प्रदेश सरकारको नेतृत्वमा हाल माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको रुपमा शालिकराम जमरकटेल रहेका छन भने सोमबार विश्वासको मत लिदैछन।

आज भएको उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपि ओलिले विश्वास मत माग्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक प्रदेशमा आफुहरुले मुख्यमन्त्री चाहिने र राजनैतिक नियुक्ति गर्दा सम्मानजनक उपस्थित रहनुपर्छ भनी अडान लिएपछि आजको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय