बिक्की सुवेदी पोर्चुगल एनआरएनए उपाध्यक्ष एवं व्यवसायी तथा प्रखर समाजसेवि जो आप्रवासी नेपालीहरुको सहयोगको लागि उभिएका सालिन ब्यक्तित्व जसले “हेल्प डेक्स इन पोर्चुगल” नामक संस्थाबाट पोर्चुगलमा रहेको तथा अन्य आप्रवासीहरु लाई त्यहा आइपर्ने भाषागत समस्या, कागजी समस्या र कानुनी बैधानिकता सम्बन्धि समस्या, सरकारी कार्यलयका समस्या समाधान एवम् सहयोग गर्ने क्रियाशिल र युरोप अवस्थित पोर्चुगलमा नेपालीहरु माझ चर्चित संस्थाका सफल ब्यक्तित्वको परिचित रहनु भएको छ   ।

सुबेदी एनआरएनए क्षेत्रीय समिति ओलेन्तेजोका उपाध्यक्ष पनि हुन् । उनै व्यवसायी तथा समाजसेवी सुबेदीले पोर्चुगलमा नेपालीहरुका समस्या समाधान गर्न कसरी सकिन्छ भन्ने विषयमा पोर्चुगलका राष्ट्रपतिसँग भेट समेत गरिसकेको छ्न । उहाँले नेपालीहरुको एवं आप्रवासीको समस्या बुझ्नु र समाधान गर्नु आफ्नो दायित्व हो भनी दायित्वबोध गर्ने एक नेपालीको रुपमा चर्चित हुनुहुन्छ ।

केही समय अघि पोर्चुगलमा राहदानीको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय राहदानी बिभाग काठमाण्डौबाट टोलि आएको साथै पेरिसस्थित नेपाली राजदुतावासबाट आउनु भएका टोली नेपाली कन्सुलर, पोर्तुगलका अवैतनिक नेपाली महाबाणिज्यदूत लगायतलाइ  अलेन्तेजु क्षेत्र मालावादोमा NRNA क्षेत्रीय समिति अलेन्तेजु लगायतले भब्य स्वागत समेत गरेको थियोे ।

पोर्चुगलमा स्थापना गरेको “हेल्पडेक्स इन पोर्चुगल” नामक संस्था अहिले एकदमै चर्चामा रहेकोे छ किनभने  नेपाली कामदारहरुका लागि अत्यन्तै सहयोगी त छदैछ साथै अन्य आप्रवासीको लागि समेत सो संस्थाले सहयोग गर्ने गरेको  छ । रोजगारीको सिलशिलामा पोर्चुगल आएका र समस्यामा परेका आप्रबासीहरुका लागि यो संस्था सारथी नै बनेको  त्यहा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरुले नै बताउने गरेका छन् ।

पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषा रहेको छ यहाँका हरेक कार्यालयहरुमा भाषा नजान्नेहरुका लागि कुनै पनि काम गर्न सहज छैन । पोर्चुगिसहरु आफ्नो भाषा प्रति ज्यादै कठोर हुन्छन् । कुनै पनि कामका लागि उनीहरु भाषा जान्ने लिएर आउन वा सिकेर आउन सुझाब दिन्छन्  ।लामो समयसम्म युरोपका विभिन्न मुलुकमा बसेका सुवेदीले नेपालीहरु पोर्चुगल आउँदा त्यहाको भाषा सिकेर आउन अनुरोध गर्दछ भने बर्तमान समयमा अहिले आर्थिक मन्दीले पोर्चुगललाई पनि असर पारेको यहाँ पनि रोजगार लगायत अन्य माध्यमबाट आउने आप्रवासीलाई समस्या हुने हुँदा प्राविधिक ज्ञानको साथमा आउन भनी हामीसङ्गको कुराकानीमा बताउनु भएको छ ।

पोर्चुगल एनआरएनए उपाध्यक्ष सुवेदीका अनुसार पोर्चुगलमा नेपालीले नेपालीलाई विभिन्न बहानामा ठगी गरेको आफुले प्रत्यक्ष देखेको हुनाले जिम्मेवार निकाय तथा संस्थाहरु सङ्ग समन्वय गर्नु अपरिहार्य हुने बताउनु भयो भने “HelpDesk in Portugal” एउटा बैधानिकता प्राप्त संस्था भएको हुनाले यस्ता परम समस्याको उतम बिकल्प यो संस्था  हुने हामीले पनि बिश्वास गर्ने सक्छौ साथै यो संस्थाले २४ सै घण्टा आइपर्नु समस्या समाधान गर्ने क्रियाशिल रहने हुँदा नेपाली तथा आप्रवासीहरु लाई यो संस्था सन्जिवनी बुटिको रुपमा रहेको भनी भन्दा कुनै दुइमत नहोला ।

लेखक:सुवास श्रेष्ठ, सह-सम्पादक/प्रवन्धक बागमतीमन्च डटकम

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय