फोटो:काठमाडौ खबर

बुढानीलकण्ठ– नेपाली कांग्रेस क्षेत्र नं ४ का प्रतिनिधिहरूले बाढी प्रभावित स्थानीयलाई तत्काल राहत उपलब्ध गराउने माग गर्दै बूढानीलकण्ठ नगरपालिकामा डेलिगेसनका गएका छन्। उक्त डेलिगेसनको संयोजकता न्हुछे नारायण श्रेष्ठ सहितको टोलि  नगरप्रमुख मिठाराम अधिकारीलाई भेटी राहतको आवश्यकता बारेमा जानकारी गराएका छन्।

पछिल्ला दिनमा आएको बाढीले बुढानीलकण्ठ क्षेत्रका धेरै जनताको जीवनमा ठूलो प्रभाव परेको थियोे । प्रभावितहरूका लागि तत्काल राहत वितरण गर्न र आवश्यक सहयोगको व्यवस्था गर्न यो डेलिगेसन सक्रिय भएको बताइएको छ।

डेलिगेसनले नगरप्रमुखलाई बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै राहतको आवश्यकता छ र यसमा छिटो कदम चाल्नुपर्ने सुझाव दिएको छ। क्षेत्रका बासिन्दाहरूको जीवनस्तर सुधार्न र पुनःनिर्माणका लागि आवश्यक सामग्री र सहायताको व्यवस्थापन गर्न आग्रह गरिएको छ।

न्हुछे नारायण श्रेष्ठले बाढीका कारण स्थानीय समुदायमा परेको असरलाई लिएर नगरपालिकाबाट गम्भीरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले यसबारेमा विभिन्न सरोकारवालासँग पनि छलफल गर्न आवश्यक रहेको र स्थानिय सरकारको सक्रियता आवश्यक रहेको उल्लेख गरे।

धेरै बाढी पीडितले खाद्यान्न, औषधि र अन्य आवश्यक वस्तुहरूको कमी भोगिरहेका छन्, जसले गर्दा उनीहरूको जीवनमा कठिनाइ थपिएको छ। डेलिगेसनले यी समस्याहरू समाधान गर्न ठोस कदम चाल्न नगरप्रमुख लगायत प्रशासकिय अधिकृतलाई समेत आग्रह  गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय