नेपाल राष्ट्र बैंकले दुईवटा मनि चेन्जरको इजाजतपत्र रद्द गरिएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै उक्त सूचना जानकारी दिएको छ।

इजाजत प्राप्त गरेका दुईवटा मनिसेन्जरको इजाजत पत्र खारेज गरिएको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त इजाजतपत्र समयवढीमा नवीकरण नगरेको भन्दै रेन्बो मनि एक्सचेञ्ज प्रा लि, ठमेल र कसा मनि एक्सचेञ्ज प्रा लि, पुलचोकको खारेज गरिएको हो ।

सुचनामा दिएको जानकारी अनुसार नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजत पत्र तथा निरीक्षण विनियमावली २०७७ चौथो संशोधनसहित को विनियम १९ को उपविनियम ३ मा भएको व्यवस्था अनुसार तोकिएको समयमा नवीकरण नगरिएकोले इजाजत पत्र रद्द गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी बनाएको भन्दै सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय