नविना श्रेष्ठ
२०८०/०३/०७

नेपाल स्काउटको ७२ औं स्थापना दिवस मुल समारोह कार्यक्रम असार ५ गते मंगलबारका दिन नेपाल स्काउट परिसरमा सम्माननिय निर्वतमान राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

स्काउट सदस्यहरूको उत्साहजनक सहभागिता रहेको मुल समारोहमा बिभीन्न झाँकी, सांस्कृतिक प्रस्तुति, विपद् व्यवस्थापन ड्रिल, विश्व स्काउट संगठनका कार्यक्रमहरूको प्रदर्शनी गरीएको थियो । प्रमुख अतिथि सम्मानानिय निवर्तमान राष्ट्रपतिले नेपाल स्काउटको गतिबिधिहरूको प्रसंशा गर्नु भएको थियो। मुल समारोहको अवसरमा राष्ट्रीय संयोजक लोक बहादुरले नेपाल स्काउटको विगत, वर्तमान र भविष्यको बारेमा आफ्ना उपलब्धि, चुनौती र दूरदृष्टिका बारेमा चर्चा गर्नु भएको थियो ।

समारोहको अवसरमा बिभीन्न स्थानीय पालिकाका प्रमुख, उपप्रमुख र उच्च योगदानकर्ताहरुलाई दोसला ओढाई कदर पत्रमा सम्मान गरिएको थियो । साथै नेपाल स्काउटमा स्वयंसेवकको रूपमा उल्लेखनीय योगदान गर्ने स्काउटरहरुलाई बिभीन्न पदक बाट सम्मान गरीएको थियो। देश भरी छरिएर रहेको नेपाल स्काउट आषाढ ५ गते नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा भव्यताका साथ स्काउट दिवस मनाएको थियो।भने विभिन्न स्थानमा रहेको क्र्यू , ट्रपहरुले विभिन्न कार्यक्रम गरी स्काउट दिवस मनाइएको थियो। कार्यक्रममा नेपाल स्काउटका प्रशिक्षकहरु, स्काउटरहरु, रोभर रेन्जरहरू,स्काउट विधार्थीहरुको सहभागिता रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय