आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ .७२ प्रतिशतले वृद्धि भएर २८२३.२५ अन्क कुल कारोबार रकम १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँ ६७ पैसा पुगेको छ। कुल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयरहरू १ लाख ६० हजार ५७९ पटकको लेनदेनमा कारोबार भएका छन्।
कारोबारमा जम्मा ३३५ वटा कम्पनीका सेयरहरू किनबेच भएको थियोे । आजको कारोबार दिनमा सकारात्मक सर्किट लागेका स्टकहरू नेसनल हाइड्रोपावर, वेस्ट फाइनान्स ,समृद्धि फाइनान्स प्रोग्रेसिभ फाइनान्स , एनएलसी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्टीपावर लगायत स्टकहरू पोजिटिभ सर्किट लेभलमा कारोबार भएको थियो भने लक्ष्मी उन्नति कोषको यस दिन ४. ७१ प्रतिशतले गिरावट आएको छ अरु स्टक ४ प्रतिशत भन्दा तलै कारोबार भएको थियो।
सोमबार कारोबार रकमका आधारमा गुडविल फाइनान्स धेरै कारोबार भएको थियो। आजको दिन उक्त फाइनान्सको ४६ करोड ५२ लाख रुपैयाँको सेयर किन्नु भएको थियो भने अपी पावरको ४२ करोड को सेयर कारोबार भएको थियो।







