काठमाडौ  / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिनमा करिब ५९ अंकले घटेको छ। यस दिन नेप्से ५८.९३ अंकले घट्दै २४७०.३९ विन्दुमा पुगेको छ।

कारोबार विवरण हेर्दा १० कम्पनीको सेयर मूल्य बढे पनि २३३ कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। यस दिन ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ।

बजारमा गिरावट आएको भए पनि केही कम्पनीहरू उच्च कमाई गर्न सफल भए। माथिल्लो स्यांगे जलविद्युत्, नबिल ग्रोथ फन्ड, ईन्वा हाइड्रो, नबिल ब्यालेन्स्ड फन्ड, र सीवाईसी नेपाल लघुवित्त उच्च कमाउने कम्पनीहरूको सूचीमा परेका छन्।

समग्र उपसूचक समूहमा सबैभन्दा धेरै फाइनान्स समूह प्रभावित भएको छ। फाइनान्स समूहको सेयर मूल्य ४.६० प्रतिशतले गिरावट आएको छ, जसले समग्र बजारलाई राताम्मे बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय