नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ मा बजार बन्द भएको छ। साताको अन्तिम दिन बजारमा ९ अर्ब ६५ करोड १५ लाखको कारोबार भएको छ, जसमा १०२ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने १३८ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको मूल्य स्थिर रह्यो।

आज सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्स कम्पनीको भयो, जसले ४० करोड ५० लाख भन्दा बढीको  शेयर कारोबार गर्‍यो। कारोबार रकमका आधारमा दोस्रोमा एनएलजी इन्स्योरेन्स र तेस्रोमा गुडविल फाइनान्स लिमिटेड रहेका छन्। हिमालयन रिइन्स्योरेन्स लिमिटेड र साथमा अपि पावर कम्पनी पनि टप फाइभमा परेको छ।

कारोबारको अन्तिम दिन आज आत्मनिर्भर लघुवित्त कम्पनी १० प्रतिशतले वृद्धि भएर सबैभन्दा बढी नाफा कमाउने कम्पनी भयो भने, युनिक नेपाल लघुवित्त ९.१४ प्रतिशत, नेष्डो समृद्धि लघुवित्त ८.४३ प्रतिशत , अपर हेवाखोला हाइड्रोपावर र गुडविल फाइनान्स झन्डै ८ प्रतिशतले वृद्धि भएको हो ।

अर्कोतर्फ, नेपाल फाइनान्स लिमिटेड ८.९१ प्रतिशतले घटेर सबैभन्दा धेरै घटेर कम्पनी कारोबार भएर छ त्यसैगरी बिन्दबासिनी हाइड्रोपावर ५.७७ प्रतिशत र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक ५.०३ प्रतिशतले  आज घटेर कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय