नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज साताको कारोबारको तेस्रो दिन नेप्सेमा परिसूचक केही बढेको छ। नेप्से परिसूचक आज ६.९० अंकले बढेर २८३०. १६ बिन्दुमा पुगेर बजार बन्द भएको छ।
आजको कारोबार दिनमा ३२८ वटा कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता स्टकको खरिद बिक्री भएको छ। भने उक्त खरिद बिक्रीबाट १३ अर्ब माथिको कारोबार भएको छ। आज सबैभन्दा धेरै कारोबार गर्नेमा एनएलसी इन्सुरेन्स कम्पनी रहेको छ । त्यसैगरी गुडविल फाइनान्स, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ,अपी पावर कम्पनी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स कारोबारको आधारमा धेरै कारोबार गर्ने सूचीमा परेको छ।
त्यसैगरी आज सातवटा कम्पनीहरूको १० प्रतिशतले सर्किट ब्रेक गरेको छ। त्यसैगरी तीनवटा कम्पनीले झन्डै १० प्रतिशतले सर्किट ब्रेक भएको हो । बिन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड , मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड ,मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेड, एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले १०प्रतिशतले मूल्य वृद्धि भई सर्किट ब्रेक भएको थियो भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, स्टन हाइड्रोपावर लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकको झन्डै १० प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ।
आज धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेड, डोल्टीपावर कम्पनी लिमिटेड, मितेरि रिडेभलपमेन्ट बैंक लिमिटेड क्रमश ९ प्रतिशत को आसपासले शेयरमुल्यमा गिरावट आएको छ।







