भदौ ९, काठमाडौ/बागमती अन्लाईन खबर

मानिसको बिकासक्रम क्रमश भएको मानिन्छ भने समूह -समूह मिलेर समुदायको निर्माण भएको हो यसरी समुदाय-समुदाय मिलेर नै सिङ्गो देशको निर्माण हुन्छ। समुदायहरुको आफ्नो छुटाछुट्टै मौलिकता, रहनसहन भेषभुषा,परम्परा समुदाय पहिचानको विशेषता पनि हो।     

समाज सुन्दर हुनु पर्छ ,समाज भित्र आफ्नो पहिचान लाई सुरक्षित राख्नु जिम्मेवार नागरिकको कर्तव्य पनि हो। हाम्रो नेपालि समाजमा धेरै बर्ष पहिले नै बस्तीहरुको बिकास भैसकेको हो भने नेवारी समुदायको सम्बन्धमा नेवारी पहिचानको बस्तीहरु निर्माण गरिदा आफ्नो पहिचान नबिगारीकन प्राचिन बस्तीको झल्को दिने गरी दाचिइट्टा र इट्टाको पोइन्टिन झ्यालचौकोशको निर्माण गर्दा काठकै प्रयोग गर्न र नया निर्माण हुने घरमा पनि तस्तै किसिमको मौलिकपन झ्ल्कने गरि निर्माण गर्न लगाउने अनि घरको सुन्दरतालाई अझ राम्रो बनाउने कुराहरु लाई बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ चुनिखेलमा नेवारी पहिचानको घर निर्माण गर्दा मौलिकपनका लागी अभियानकै रुपमा यसलाइ अगाडि बढाइरहको छ।         

साच्चिकै समाज परिवर्तनमा आफ्नो हितचित्त लगाएर समर्पित भै लाग्ने एक ब्यक्ति जो यूवाहरुको नेतृत्वकर्ता तथा एक अभियानकर्ता टिकेसनारायण श्रेष्ठले एक अभियान “मेरो गाउँको लागि मेरो अभियान” चलाइरहेका छ्न । हाल चलाइरहेको अभियानका अनुसार,घरहरु चुनिखेलमा निर्माण हुँदा नेवारीपन झलकने गरि पुरानो दाची अर्थात इट्टा पोइन्टिन गर्नुपर्छ भन्ने सन्देशका साथ अगाडि बढाइरहेको छ । चुनिखेलका धेरै घरहरु नेवारी मोलिकपन झल्किने गरि दाची इट्टाको प्रयोग गरि अहिले पनि निर्माण भैरहेको छ।

बुढानिलकण्ठ १३ अन्तरगतको नेवारीबस्तीहरु मात्र रहेको ठाउँमा चुनिखेल, टुपेक, टुसाल र गाम्चाका भित्री पुराना बस्तीहरु पुरानोशैलीमा नेवारी मौलिकता झल्कने गरि बनाउन पहल गर्दै घरघरमा यसको बारेमा ब्याख्या तथा मौलिकता बारे बुझाउदै गरिएको छ।अभियानता  टिकेसनारायण श्रेष्ठले यो अभियान लाई अरुलाइ बुझाउदै र यस्को महत्त्व अरुलाई बताउदै नेवारी मौलिकपन जोगाउनको लागि यस सम्बन्धमा नितिनियम बनाएर अघि बढनको लागि निर्वाचन मार्फत स्थानिय तह निर्माण भैसकेपछि बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ लाई २०६६ सालमा अभियानकर्ताले ज्ञापनपत्र बुझाइ सकेको र वडा प्रमुखले पनि यस बिषयले यस ठाउको गरिमा बढाउने तथा यस ठाउँको पहिचान दिलाउने हुदा आफू पनि सकारात्मक रहेको चाडै यस बिषयमा कार्यबिधी निर्माण तथा नितिनियमको लागि बिज्ञ लगायत सम्बन्धित ठाउँमा पहल गरिरहेको पनि जानकारी दिनु भएको छ।

अभियानकर्ताका अनुसार यस सम्बन्धमा नगरप्रमुख उद्दबप्रसाद खरेल सँग छलफल भैसकेको र आफ्नो मौलिकपन झलकने गरि घर निर्माण गर्दा दाचीइट्टा प्रयोग गर्ने लाई नक्सा पास छुट प्रदान गर्न र दाचीइट्टा को प्रयोगमा लाग्ने खर्च पनि निशुल्क गर्ने आश्वासन दिदा आफू थप उत्साहित भएको र यस बिषयमा थप छलफल भैरहेकोले अभियानलाई सशक्त बनाउन अझ कृयासिल भइरहने पनि छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय