सार्वजनिक बिदाको दिन अर्थात बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु  गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले प्रचुर साथ दिएका छन्। प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर दर्शकहरुले भरपुर साथमा प्रदर्शन भएको थियोे ।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले पहिलो दिन अधिकांश ‘सो’ ‘हाउसफूल’ रहेको जानकारी दिए। उनले भने, ‘उच्चस्तरीय चलचित्र भन्दै दर्शकले तारिफ गर्नुका साथै ‘टाइम लुप’ को प्रयोगलाई चाख दिएर हेर्नुभयो। नेपाली चलचित्रमा ‘टाइम लुप’ नयाँ प्रयोग हो। पहिलो दिनको व्यापार निकै उत्साहजनक छ। अब चलचित्र हेर्न दर्शकले नै सिफारिस गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।’

उनले आज बिहानदेखि नै दर्शकको चाप चलचित्र भवनमा देखिएको जानकारी दिए। सूयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय रहेको छ।

प्रदर्शनरत अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन्। जातीय र वर्गीय विभेद्को कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाइएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए। ‘यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेद्ले विनाश भन्ने देखाउन खोजेको छु। मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ’, निर्देशक राउतले भने।

उनले आफ्ना कलाकारसँग बिहीबार दिनभर काठमाडौँ उपत्यकाका चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिएका थिए। दर्शकले दिएको प्रतिक्रियाले चलचित्र लामो समयसम्म प्रदर्शन हुनेमा उनी विश्वस्त छन्।निर्माण पक्षले जानकारी दिए अनुसार एक करोड ग्रस कलेक्सन गरेको दावी गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय