नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएसँगै बालुवाटार पुगेका छन् ।सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बिहीबार बसेको बैठकले अध्यक्ष प्रचण्डको नाम दलको नेतामा सर्वसम्मत गर्ने निर्णय गरेको थियो ।
त्यसपछि उनी प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । जारी छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी रहेको बताइएको छ ।
सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने पक्कापक्की भए पनि कसले पहिले नेतृत्व गर्ने सहमति हुन बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुष १० गतेसम्मको समय तोकेकी छन् ।







