प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभामा हुने कार्यक्रममा सहभागी हुन रोकेपछि आफूहरुको अपमान भएको महसुश गर्दै सरकारबाट बाहिरिने एमालेले साथै सचिवालयको बैठकबाट नै निर्णय गरेको थियो ।

प्रचण्ड गत पुष १० मा एमालेको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारलाई समर्थन दिएको ६४ दिनमै एमाले सरकारबाट बाहिरिने तयारीमा पुगेको छ । एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अब प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ । प्रचण्डले अब विश्वासको मत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय