असार २६ काठमाडौ
प्रभु क्यापिटल लिमिटेड डिजिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ।
यस मोबाइल एपबाट ग्राहकले अनलाइनबाटै हितग्राही खाता तथा मेरो सेयर अन्लाईन सेवा का लागि आवेदन दिन सक्नेछ।
उक्त मोबाइल एपबाट भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरण परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयर नवीकरण शुल्क भुक्तानी गर्न लगायत मेरो सेयरको पासवर्ड परिवर्तन गर्न निवेदन तथा हितग्राही खाताको बिबरण समेत माग गर्न सक्नेछ ।







