आज प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्वमा सानो मन्त्रीपरिषद गठन हुने भएको जानकारी प्राप्त भएको छ।नवनियुक्त प्रधानमन्त्री द्वारा सपथ ग्रहण सङ्गै आजै सानो मन्त्रीमण्डल गठन हुने भएको हो ।

पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने र त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नयाँ गठबन्धनको तयारी छ । दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथअघि नयाँ गठबन्धनबीच छलफल हुँदैछ । एमाले, माओवादीलगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।

एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय