बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ। दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ।

अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्।

संस्थापन पक्षको तर्फबाट अध्यक्षमा अनिता विन्दु र इतर पक्षबाट शिव लम्साल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय