चैत २ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५-५ रुपैयाँले वृद्धि गरेको हो ।
यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर रु १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५ यस अघि भने १५० थियोे, डिजेल- मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १५१ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ । नेपाल आयल निगमको अनुसार सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ







