फोहोर व्यवस्थापनको लागि तीन जिल्लाका प्रमुख बिच छलफल भएको छ। काठमाडौको फोहोर व्यवस्थापन अहिले समस्याको रूपमा बल्झिदै गएको छ। यसै विषयबस्तुको समाधानको लागी बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि काठमाडौं, नुवाकोट र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल सुरु भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित जनप्रतिनिधि पनि छलफलमा उपस्थित छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बञ्चरेडाँडाका स्थानीयको माग र फोहोर व्यवस्थापनबारे छलफल भइरहेको बताए।
बञ्चरेडाँडामा भने फोहोर गाडीले फोहोर विसर्जन गर्ने क्रममा अवरोध भैरहैको छ।







