काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुन प्रतितोला रु १ लाख ५१ हजार ९०० मा कारोबार भइरहेको छ। यो दर हिजोको तुलनामा प्रतितोला रु १,१०० कम हो। बुधबार मात्र सुनको मूल्य हालसम्मकै उच्च कीर्तिमानमा पुगेको थियो, जहाँ प्रतितोला रु १ लाख ५३ हजारमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला रु ५ ले घटेर रु १,८३० मा पुगेको छ। बजारमा पहेँलो धातु र चाँदी दुवैको मूल्यमा आएको गिरावटले ग्राहक र व्यवसायीहरूको ध्यान तानेको छ।







