“बदमास केटा” युटुवब च्यानलको नामबाट समाजमा नकारात्मक सन्देश फैलाएको भनी प्रहरीद्वारा पक्राउ ।नेपाल प्रहरीप्रधान कार्यलय साइवर ब्यूरो द्वारा महिला माथि अमानविय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने व्यक्ति पक्राउ गरेका सम्बन्धि विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा उल्लेख्य गरिएको अनुसार बदमास केटा (BADMAS KTA) नामक युटुवब च्यानल सञ्चालन गरी बाटोमा हिँडिरहेकी महिलालाई साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस नदिएमा एसिड हान्दिन्छु” भन्ने कुराहरु गरी अति सम्वेदनसिल बस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट/अपलोड गर्ने जिल्ला नवलपरासी साबिक देउराउली गा.बि.स वडा नम्बर ४ वतन भइ हाल परिवर्तित जिल्ला नवलपरासी (बर्दाघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने बर्ष २६ को प्रदिप भन्ने पूर्ण चन्द्र भुसाललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरो बाट खटि गएको टोलिले मिति २०७९/०४/०९ गते कावसोती नवलपरासीबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौँबाट मिति २०७९/०४/१० गते दिन ७ म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको भनी विज्ञप्तिमा उल्लेख्य गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय