बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ मा रहेको टिकटक भाइरल रोडले चर्चित कौडोल-सापाटार सडक खण्ड बर्षायाम सुरु भएसङ्गै एम्बुलेन्स लगायत निजि यातायात संचालन गर्ने कठिन भएको छ। सोही सडकबाट दुइपाङ्ग्रे यातायात र स्कुल बसहरु समेत संचालन गर्ने कठिन भएको छ भने दुर्घटनाको जोखिम बढेको हो।

बूढानीलकण्ठ नगरको १३ नम्बर वडा अवस्थित कौडोल-सापाटार सडकमा सार्वजनिक यातायात संचालन नभएता पनि अति-आवश्यक सवारी साधनहरु तथा निजि सवारी साधनहरु आवतजावत गर्नेलाई पनि कठिन भएको हो ।बूढानीलकण्ठ नगरपालिकाबाट गोर्कणेस्वर नगरपालिका जोडिने एकमात्र सडकको अवस्था हिलाम्मे भएपछी उक्त सडक आवतजावत गर्ने कठिनाई भएको हो । सो सडकको प्रयोग बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १३ गाम्चा हुँदै गोकर्ण जादा प्रयोग हुने गर्दछ ।

सडक हिलाम्मे हुनुको मुख्य कारण र सडकको अवस्था बिग्रनुको कारण अव्यवस्थित जग्गाको प्ल्टिङ्ग गर्दा एक ठाउँबाट अर्को ठाउँमा माटोको अत्याधिक ओसारपसार लगायत कार्य गरेको र भिरालो जमिन भएको हुनाले पहिरोबाट बलौटे माटो खस्ने र सडक निर्माण गर्दा साइड ड्रेन नबनाउदा सडक बिग्रेको स्थानियहरुले बताएका छन। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ अत्याधिक प्राकृतिक दोहन हुने वडाको रुपमा नगरभरी परिभाषित रहेको पाइन्छ साथै स्थानिय सरकारले अवस्थित तरिकाले प्लटिङ्ग गरिने कार्यहरूमा ध्यान नदिदा केन्द्र सरकार देखि स्थानिय सरकारले हालेको अर्बौंको बजेट बालुवामा पानी हाले सरह भएको भनी स्थानियहरुले बताएका छन भने यो बिकासको नमुना होकि बिनाशको नमुना हो भनी गम्भीर प्रश्न समेत गरेको छ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय