कार्तिक १ काठमाडौ/बागमती अन्लाईन खबर
बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पुर्न:र्निर्माण भइरहेको काष्ठमण्डपको निरिक्षण गर्नु भएको छ।
पुर्न:निर्माणको ९६ प्रतिशत कार्य सम्पन्न भएको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शाक्यले स्थलगत बस्तुस्थिती, पुर्न:निर्माणको परम्परागत शैली लगाएको बारेमा जिज्ञासा राख्नु भएको थियोे ।काष्ठमण्डप पुर्न:निर्माण समिति संयोजक तथा प्रदेश सभा सांसद राजेश शाक्यले सो अवसरमा समितिले न्युनतम रकम खर्चेर चिरकाल सम्म रहिरहने गरि बलियो निर्माण गर्न सफल भएको बारेमा जानकारी गराउनु पनि भएको थियो ।
मुख्यमन्त्री शाक्यले समुदाय आवद्ध समितिले काठमाडौँ लाइ नै चिनाउने काष्ठमण्डपलाइ कम समयमा लगातार पुनःनिर्माण काममा खटेर सम्पन्न नजिक पुर्याएकोमा शाक्य र समितिका सबै सदस्यलाई हृदयदेखी धन्यबाद दिनु भएको हो। “आज हामी भाग्यमानी भएका छौ , हाम्रो पुर्खाले बनाएको यो इतिहासलाई पुनःठड्याउन सकेका छौ” । इतिहासले यो पुर्न:निर्माणलाई कहिल्यै बिर्सिने छैन। पुर्न:निर्माणलाई दौरानका सबै सम्झनालाइ वृत्त चित्रको रुपमा बनाई ,फोटोहरु संकलन गरि प्रदर्शन तथा यो बिषयमा जानकारहरुका विचार भोगाई लाइ समेटी पुस्तक प्रकाशन गर्नु पर्छ। यसले हाम्रा सन्तति र काष्ठमण्डप बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चअध्यन गर्न मद्दत समेत पुग्ने छ।
अवलोकनका क्रममा मुख्यमन्त्री शाक्यले काष्ठमण्डपको तेस्रोतला सम्मै उक्लेर विशेष अभिरुचि पुर्वक बस्तुगत निरिक्षण गर्नु भएको थियोे ।







