बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । आइतबार कांग्रेसका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

जसअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना मन्त्री र कांग्रेसकै तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रीको शपथ लिएका छन् ।

बागमतीमा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि ७ वटा मन्त्रालय खाली भएका थिए । दुई मन्त्रीले सपथ लिएसँगै अब ५ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफै सम्हाल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय