काठमाडौं, भदौ  – काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकहरूले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनफलो गर्ने अभियान चलाएका छन्। बालेन शाहले एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदारको रूपमा राखेर हिंसा गरेको आरोपसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए। यस पोस्टलाई फेसबुकले हटाइदिएपछि बालेनले आक्रोश पोख्दै दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए।

सोमबार साँझसम्म ओलीको फेसबुक पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेका थिए भने बुधबार बिहानसम्म यो संख्या घटेर ६ लाख २ हजारमा झरेको छ। बालेनका समर्थकहरू ओलीको पेज अनफलो गर्दै यो संख्या अझै घटाउने अभियानमा सक्रिय रहेका छन्।

यो विवादले प्रधानमन्त्री ओली र मेयर बालेनबीच सामाजिक सञ्जालमा एक किसिमको टकराव उत्पन्न गरेको छ। बालेन समर्थकहरू यो अभियानलाई व्यापक बनाउँदै अघि बढिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय