फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले समूह ‘एच’ को दोस्रो खेलमा आज  यमनसँग प्रतिस्पर्धा गर्दैछ।

दशरथ रंगशालामा आज बेलुका ७ बजे खेल हुनेछ। अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ। नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो।

 यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ। फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय