जेेठ २३, काठमाडौं । नेपाल खेलकुद महासंघकाे विशेष राष्ट्रिय अभियान अन्तर्गत बूढानीलकण्ठ नगरपालिका भित्रका संचारकर्मीहरूलाई स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ । बूनपा-१०, ह्यान्डबल मैदान स्थित सम्पन्न भएकाे यस कार्यक्रममा नगर प्रवक्ता एंवम बूनपा. १० वडा अध्यक्ष नवराज भट्टराइले सम्पूर्ण पत्रकारहरूलाइ स-धन्यवाद स्वास्थ सामाग्री वितरण गरिएको हो ।
देशभर कोभिड- १९ काे आक्रान्त छाएकाे अवस्थामा ‘कोभिड नो-भिड’ काे नाराका साथ नेपाल खेलकुद महासंघले याे विशेष राष्ट्रिय अभियान संचालन गरेकाे छ । यस अन्तर्गत, फ्रन्टलाइनमा सेवा प्रदान गर्दै आएका नेपाल प्रगरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा पत्रकारहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको हो।







