साउन, १ काठमाडौँ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा आज राष्ट्रिय युवा संघ नेपालले काङ्ग्रेस नेता बिजयकुमार गच्छदार लगायत काङ्ग्रेसका अर्का नेता मोहम्मद अफ्ताब आलम तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाइ बिरोध प्रदशन गरेको छ ।
जनादेश बाट निर्वाचित भएको प्रधानमन्त्री लाई हटाइएको र परमादेश बाट प्रधानमन्त्री नियुक्त गरेको विरुद्धमा बिरोध प्रदशन गरेको हो। उक्त बिरोध प्रदशनको मुल आशय सर्बोच्च अदालत द्वारा जारी निर्दलियताको फैसला विरुद्ध संविधान र लोकतन्त्रको रक्षाथ आज उक्त बिरोधप्रदर्सन गरेको हो।

भ्रष्टाचारि लाई मुक्त गरेकोमा काङ्ग्रेस सरकारलाई बधाई भन्दै र काङ्ग्रेसको सरकार बन्ने बितिकै फरार भनीएका गच्छदार केही सानो रकम मात्र अदालत लाई धरौटी स्वरुप दिइ रिहा भएको र जनादेशलाई लत्यार परमादेश जारी गरेको जुन निन्दनीय रहेको काङ्ग्रेसको सरकार आउने बितिकै विभिन्न मुद्दा खेपिरहेकाहरु आलम जस्ता अपराधीहरुको संरक्षण गर्न यो सरकार लागेको यस्ता गतिविधिले समाजमा नकारात्मक असर पर्न त्यसता ब्यक्ति लाई स्वतन्त्र दिदा समाज लाइ खतरा रहेको भनी आज बिरोध प्रदशन गरेको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य टिकेश श्रेष्ठले जानकारि गराएको हो

बिरोध कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सह-कोषाध्यक्ष जय गुरुङ ,केन्द्रिय सचिवालय सदस्य दिलिप थिङ्गले पनि जनादेशलाई बेवास्ता गरि परमादेशको साहाराको सरकार आयु लामो नहुने भनी आफ्नो भनाइ राखेका थिए । बिरोध कार्यक्रमको संयोजक टिकेस श्रेष्ठले गरेका हुन भने बुनपा १३ का राष्ट्रिय युवा संघका सयोजक शिशिर श्रेष्ठ लगायत बुढानिलकण्ठ नगरपालिका राष्ट्रिय युवा संघका युवाहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न गरेका थिए ।








