कार्तिक ९ बुढानिलकण्ठ/बागमती अन्लाईन खबर
बुढानिलकण्ठ वडा नम्बर ३ घुम्तीमा रहेको स्वास्थ चौकीलाई आज बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालयले एक कार्यक्रम आयोजना गरि विगेन नेपाल सङको सहकार्यमा उक्त स्वास्थ चौकीलाई फिजियोथेरापी मेसिन हस्तान्तरण गरेको छ।

आज भएको फिजियोथेरापी मेसिन हस्तान्तरण गर्ने कार्यक्रममा बुढानिलकण्ठ वडा ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुसार बुढानिलकण्ठ नगरपालिका नगरबासीहरु लाई थेरापीको लागि टाढा टाढा सम्म जानुपर्ने समस्या बाट बुढानिलकण्ठ नगरबासिले दुख नपाओस यहीँ ठाउँबाट नै यो सेवा उपलब्ध गराउनु पर्छ भनी वडा कार्यलयले नै सो मेसिनको बन्दोबस्त गरेको जानकारी दिएको हो।
विगेन नेपालका रोज श्रेष्ठका अनुसार बर्तमान समयमा थेरापिको महत्त्व र त्यसको लाभबारे जानकारी गराउदै भन्नुहुन्छ यो एउटा प्राकृतिक उपचार बिधि नै हो बिना औषधिको प्रयोगगरीकन गरिने यस बिधि सबैलाई लाभदायक नै हुन्छ प्राकृतिक तरिका बाट गरिने थर्मल थेरापी पद्धतिको कुनै पनि साइडइफेकट हुदैन र यसबाट हुने लाभहरुमा मिर्गौला सम्बन्धि समस्या,हातगोडा कम्मर दुखाइ,उच्चरक्तचाप मुटुसम्बन्धि समस्याहरु,पायल्स ग्यासट्रीक कब्जियत,टन्सिल थाइराइड मोटोपन मधुमेह,प्यारालाइसिस निन्द्रा नलाग्ने,हाडजोर्नी तथा नशासम्बन्धि समस्याहरु,निमोनिया एलर्जी माइग्रेन,पाठेघर महिनावारी समस्याहरु आदि रोगहरुको छुटकारा पाउन पनि यस थेरापी पद्धतिले सहयोग पुर्याउदछ।

आज भएको उक्त फिजियोथेरापी मेशिन हस्तान्तरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका जनप्रतिनिधिहरु धनमाया डङ्गोल,बबिता रम्तेल,निबर्तमान स्वास्थ चौकी ब्यवस्थापन समितिका सदस्य बद्री कार्की,बुढानिलकण्ठ सुधार समाजका अध्यक्ष जिबन थापा,श्री मदन आक्षित आधारभुत बिधालय (प्रअ)राजाराम भण्डारी, बुनपा १ सदस्य तथा समाजसेवी श्याम तामाङ समाजसेवी  लक्ष्मण भण्डारी,बिचार विन्यास साप्ताहि पत्रीकाका प्रधान-सम्पादक रबिन्द्र ढुङगेल, समाजसेवी बिस्वराम श्रेष्ठ,समाजसेवी शिबप्रसाद लामिछाने,समाजसेवी धुर्ब श्रेष्ठ लगायत समाजसेवीको उपस्थितिमा उक्त हस्तान्तरण कार्यक्रम समापन गरिएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय