साउन१६ काठमाडौ /बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ मा यहि साउन १५ र १६ गते नौलिन माध्यमिक बिधालयमा वडा कार्यलय नजिकमा तोकिएको खोपकेन्द्र बाट कोभिड-१९ विरुद्धको चाइनिज भेरोसेल खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ। 
स्थायी र अस्थायी बसोबास गर्न ब्यक्तिहरुले खोप लाउन भनी यस अधि सुचना जारी गरिएको थियोे। पहिलो र दोस्रो दिन गरेर करिब ८ सय जनाले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १३ को खोपकेन्द्र बाट खोप प्राप्त गरेको थियोे । स्वास्थ मापदण्डको पुर्न पालना गरि खोप लगाउने कार्यक्रम आज सम्पन्न भएको हो। 







