साउन,२ काठमाडौ /बुढानीलकण्ठ वडा नम्बर १३ मा आज राष्ट्रिय युवा संघ नेपालको पुर्नगठन कार्यक्रम सम्पन्न भएको छ शिशिर श्रेष्ठको अध्यक्षतामा गठन भएको उक्त कार्यक्रममा उपाध्यक्षमा राजन श्रेष्ठ र सचिवमा श्रीकृष्ण श्रेष्ठ लगायत इन्चार्जहरु सहित ३३ सदस्य सहितको कमिटी गठन भएको हो।
राष्ट्रिय युवा संघ नेपाललाई सकृय बनाउने केन्द्रिय कमिटी बाट सर्कुलर जारी भए संगै देश भरको कमिटी पुर्न गठनको लागि विभिन्न कार्यक्रमहरु देशभर चलिरहेको छ।
बुढानिलकण्ठ १३ मा आज आयोजना भएको पुर्नगठन कार्यक्रममा निबर्तमान प्रधानमन्त्री के पि शर्मा ओलिको सरकारको पालामा भएको बिकासका गतिविधि लगायत कोभिड-१९ विरुद्ध सरकार जहिले लागिपरेको तर विभिन्न आन्तरिक तथा बाह्य शक्तिको चलखेल लगायत बिपक्षी गठबंधन पार्टीहरु सरकार परिवर्तनमा मात्र केन्द्रिकृत रहेको बारेमा नव पुर्नगठित भएको राष्ट्रिय युवा संघ नेपाल कमितिका सदस्यहरु लाई जानकारी गराएको थियोे ।
उक्त कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य कृष्णकाजी श्रेष्ठ , राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सह-कोषाध्यक्ष जय गुरुङ , सचिवालय सदस्य दिलिप थिङ्ग तथा केन्द्रिय सदस्य टिकेस श्रेष्ठको उपस्तिथि रहेको थियोे ।








