भदौ १२,काठमाडौ/ बागमती अन्लाईन खबर
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा आज राष्ट्रिय युवा संघ नेपालको पुर्नगठन कार्यक्रम आयोजना भएको छ। आज भएको उक्त कार्यक्रममा सोनाम तामाङको अध्यक्षतामा २१ सदस्य कमिटी गठन गरिएको थियो भने ५० जना भन्दा धेरै युवाहरुले नेकपा एमालेमा पार्टी प्रबेश गरेको थियो जहाँ ३५० जना भन्दा बढी युवाहरुको उपस्तिथि रहेको थियो ।

आजको उक्त कार्यक्रममा कमिटी घोषण लगायत ५० भन्दा बढी युवाहरुलाइ पार्टी प्रवेश गराउने नेकपा(एमाले) बुढानिलकण्ठ नगरपालिका वडा ८ शाखा कमिटी सचिबालय सदस्य एबम युवा इन्चार्ज निस्चल अधिकारीको सक्रियतामा भएको हो।

प्रमुख अतिथि नेकपा(एमाले)केन्द्रिय सदस्य एबम पार्टी बिदेश बिभाग प्रमुख डा.राजन भट्टराई तथा विशेष अतिथि नेकपा (एमाले) केन्द्रिय सदस्य एबम बुढानिलकण्ठ नगरपालिका प्रमुख समेत रहेका उदवप्रसाद खरेल,काठमाडौं जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी ,बिदुर बिक्रम खड्का, बुढानिलकण्ठ नगरपालिका ८ का वडा अध्यक्ष सुमन तामङ,नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटी सचिबालय सदस्य एबम युवा इन्चार्ज नवराज भट्टराई, नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा न ८ शाखा कमिटी अध्यक्ष बिनोद थापा,शाखा कमिटी सचिब सबिन अधिकारी ,जनप्रतिनिधि मन्जु थापा,गोमा मङ्रन्ती, माधव पौडेल ,नेकपा एमाले नगर कमिटी सदस्य मनोहर थापा,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य पुस्प भट्टराइ लगायत काठमाडौं क्षेत्र नम्बर ४ का उत्प्रेरक तथा युवा संघको सह-कोषाध्यक्ष जय गुरुङ तथा अतिथिमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिब बिनोद ओलि,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिबालय सदस्य दिलिप थिङको उपस्तिथिमा कार्यक्रम भब्य समापन गरिएको थियोे । 







