बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वातावरण मन्त्रालय वन निर्देशनालय डिभिजन वनकार्यालय, काठमाडौं गोकर्ण सव डिभिजन वन कार्यालयले बु.न.पा.१३ स्थित रहेको गाम्चा- कौडोल सडक खण्ड अन्तर्गत वन क्षेत्रमा वनाईएको छाप्रो / टहरा भत्काउने सम्वन्ध सूचना जारी गरिएको छ।

सुचनामा बु.न.पा.१३ स्थित रहेको पुतलीडाँडा सामुदायिक वन, रातमाटे सामुदायिक वन तथा भद्रकाली सामुदायिक वन र थानेडाँडा सामुदायिक वन भित्र पर्ने गाम्चा-चुनीखेल सडक खण्डको दाँयावाया वनक्षेत्र र सडक किनारमा रहेका खाली जग्गाहरुमा वन तथा सडकका जग्गा अतिक्रमण गरी अस्थाई छाप्रो / टहरा निर्माण कार्य धमाधम गरी सरकारी जग्गाहरुमा अनधिकृत रुपमा टहराहरु निर्माण गरी वन ऐन तथा प्रचलित कानून विपरित कार्य गरेको देखिएकोले सो सूचना प्रकाशित भएको आजको मितिवाट २४ घण्टा भित्र आ आफनो टहरा भत्काई लैजानको लागि जारी गरिएको छ ।

 

उक्त सुचनामा अनधिकृत रुपमा वन ऐन र कानून विपरित निर्माण गरेका छाप्रो टहराहरु भत्काई नलगेको खण्डमा नियन्त्रणमा लिई त्यस्ता छाप्रो टहराहरु भत्काई जफत र सो कार्यमा कसैले बाधा अवरोध गरेमा त्यस्ता व्यक्तिहरु कानून बमोजिम कार्यवाही गरिने व्यहोरा समेत सो सूचनाद्धारा सबैलाई जानकारी गराईन्छ भनी सरोकारवाला निकायलाई ब्यहोराको साथमा सुचना प्रवाह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय