बूढानीलकण्ठमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा विशेष रुपान्तरण अभियान हुँने भएको छ।
नेकपा माओवादी केन्द्र बूढानीलकण्ठ नगरपालिकाको नगर कमिटीद्वारा जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान भब्य आयोजना हुने भएको छ ।
यहि पौष ७ गते बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० अवस्थित कार्की ब्याङ्केटमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
बूढानीलकण्ठ नगरपालिका माओवादी केन्द्रबाट विभिन्न जनतासङ्ग सम्बन्धि रहेर कार्यक्रम नियमित गर्दै आएको र अहिले माओवादी केन्द्रको बिशेष रुपान्तरण अभियानले जनताका समस्याहरु लाई बुझ्दै समाधान गर्नेकै लागि जनतासङ्ग नजिक रहन यस्तो कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटीले जानकारी गराएको छ ।







