काठमाडौं, असार २५ — सशस्त्र प्रहरी बल, नेपालले बूढानीलकण्ठ नगरपालिका सहित काठमाडौं उपत्यकाका २५ वटा वडालाई समुदायस्तरमा विपद् जोखिम पहिचान गर्न ‘समुदाय विपद् सूचीकरण’ फारम भरी सहयोग गर्न अनुरोध गरेको छ।

सशस्त्र प्रहरी बल नं. २० गण हे.क्वा. (विपद् उद्धार), काठमाडौंको प्रशासन शाखाबाट पठाइएको पत्रअनुसार विपद् जोखिम न्यूनीकरण व्यवस्थापन ऐन, २०७४ र त्यससँग सम्बन्धित नियमावलीअनुसार यो प्रक्रिया सुरु गरिएको हो।

पत्रमा काठमाडौं, टोखा, बूढानीलकण्ठ, कीर्तिपुर र शङ्खरापुर नगरपालिकाका विभिन्न वडाहरूलाई समेटिएको छ।
बूढानीलकण्ठ नगरपालिकाका सबै १३ वटा वडा (१ देखि १३ सम्म) लाई विपद् पूर्वतयारीका लागि आवश्यक विवरण भर्ने र फिर्ता पठाउने जिम्मेवारी दिइएको छ।

सशस्त्र प्रहरी बलले स्थानीय तह, विद्यालय, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वय गरी विपद्का सम्भावित जोखिम क्षेत्रहरू पहिचान गर्न र पूर्वतयारी योजना निर्माणमा टेवा दिन यो अभियान सञ्चालन गरेको हो।

उक्त सूचनाले सशस्त्र प्रहरी बललाई बाढी, पहिरो, आगलागी, भूकम्पजस्ता विपद् अवस्थामा तत्काल उद्धार तथा राहत पु-याउन पूर्वजानकारी र रणनीति बनाउन सहयोग गर्ने विश्वास लिइएको छ।

बूढानीलकण्ठ नगरपालिकामा बर्सेनि वर्षायाममा देखिने पहिरो र बाढीको जोखिमलाई ध्यानमा राख्दै यो सूचीकरण अभियान प्रभावकारी हुने आशा गरिएको छ।

स्थानीय तहलाई पत्रमार्फत विपद् जोखिम विवरण चाँडो संकलन गरी पठाउन आग्रह गरिएको छ, ताकि समयमै सुरक्षात्मक र उद्धार उपायहरू अपनाउन सकियोस्।

                                                               

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय