बुढानिलकण्ठ नगरपालिका-९ स्थित श्री एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सोही संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका रहेका छन् ।

उक्त संस्थाका बचत कर्ताहरुबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलन गरी संस्थाका संचालकहरुले व्यक्तिगत लाभका लागि प्रयोग गरी सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाई बचतकर्ताहरुले बचत गरेको रकम फिर्ता लिन जाँदा मुद्दती खातामा रहेको रकमको भुक्तानी मिति नाघेपछि पनि फिर्ता नगरी संस्थाले गरेको ठूलो धनरासीको अपचलनलाई ढाकछोप गर्ने गरी संस्थाका पदाधिकारीहरुले बचतकर्ताहरुलाई प्रलोभनमा पारी ठगी गरेको हुँदा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई  प्रहरीले पक्राउ गरि उनिहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय