बूढानीलकण्ठ नगरपालिकामा कम कर संकलन भएको भन्दै धुलिखेलको फाइभ स्टार रिसोर्टमा रिफ्रेसमेन्ट एवं छलफल कार्यक्रम आयोजना गरेको भन्दै ५ दर्जन कर्मचारी एव केही वडाका अध्यक्षहरु समेतको ब्यापक आलोचना भएको छ ।
बूढानीलकण्ठ नगरपालिका एउटा यस्तो नगरपालिकाको नामले चिनिन्छ कि राम्रो काम एव सेवा प्रवाह भन्दा पनि ढिलो सेवा प्रवाह गर्ने सेवाग्राहीहरुको समस्यालाई समाधान गर्ने तिर भन्दा अनेक बहाना बनाएर दुख दिने, कर्मचारीहरुले रुखो व्यवहार प्रदर्शन गर्ने लगायत नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुले सर्बत्र आलोचना गर्ने गरेको छ ।अर्थ मन्त्रालयले समेत खर्च कटौतीको प्रयास गर्न अनुरोध गरिरहेको समयमा बूढानीलकण्ठ नगरपालिकाका अधिकृतस्तरका कर्मचारीहरु सरकारी खर्चमा रिफ्रेसमेन्त एवं छलफल भन्दै धुलिखेलको फाइभ स्टार रिसोर्टतिर लाग्दा फेरि एकचोटि नगरभित्र नगरवासीले तिरेको करको सदुपयोग भन्दा फजुलखर्च गर्नतिर केन्द्रित रहेको भनी आलोचना सुरु भएको छ ।
बूढानीलकण्ठ नगरपालिकाले अधिकृतस्तरको कर्मचारी रिफ्रेसमेन्तको लागि भन्दै (फाइभ स्टार)धुलिखेल माउन्ट रिसोर्टमा ५ दर्जन भन्दा बढी कर्मचारी रिसोर्टतिर लागेपछि सर्वत्र चर्चा र आलोचना भएको हो।मालपोत रजिस्ट्रेसन सहित अन्य राजस्व न्यून संकलन भएको कारण देखाउदै नगर सभाबाट विभिन्न योजनाहरुको बजेट सम्बन्धि छलफल भन्दै पुर्न्ताजगीका लागि जादा सो विषय बाहिर आए सङ्गै आलोचना सुरु भएको छ ।
उत्प्रेरणात्मक पुनर्ताजगी तालिम नाम दिइएको सो कार्यक्रममा नगरपालिकामा अधिकृत स्तरमा रहेका करिव ५ दर्जन कर्मचारी सहभागी रहेका थिए भने नगरपालिकामा नगर प्रमुख भन्दा पनि प्रभावशाली मानिने केहि जनप्रतिनिधिहरुलाई पनि निम्ता गरिएको थियो।मालपोत रजिस्ट्रेसन कर अनुमान भन्दा निकै कम उठेपछि खर्च कटौती गर्नुपर्ने दवावमा रहेको बुढानिलकण्ठ नगरपालिकाका अधिकृतहरुको “रिफ्रेसमेन्ट” कार्यक्रम जस्ता फजुल खर्ची कार्यक्रमहरु काट्नका लागि पनि दवाव बढेको छ।
बुढानिलकण्ठ नगरपालिकाले अनुमान गरेको भन्दा कम मालपोत कर संकलन भएको थियोे यद्यपि केन्द्र सरकारबाट नै फजुल खर्च कम गर्ने आग्रह गरिरहदा नगरको जम्बो टोलि लिएर ५ स्टार रिसोर्टमा छलफल गर्दा के अब बूढानीलकण्ठ नगरपालिकाले अनुमान गरेको कर संकलन गर्ने सफल होला भनी आम जनताले चासो व्यक्त गरेक छन ।







