बूढानीलकण्ठ नगरपालिकामा पत्रकार आशिष गुरागाईले सार्वजनिक जग्गाको विषयमा समाचार लेख्न खोज्दा आक्रमण ।बुढानिलकण्ठ नगरपालिकामा लामो समय देखी पत्रकारितामा आवद्ध रहेका पत्रकार आशिष गुरागाई माथि आक्रमण भएको छ। पत्रकार गुरागाईले सार्वजनिक जग्गा माथि भएको भुमाफियाको अतिक्रम बारे समाचार प्रकाश गर्ने खोज्दा हिजो साँझ पत्रकार गुरागाइ माथी आक्रमण भएको थियोे भने उनि रातोसूर्य डटकम अनलाइन पत्रिकाको अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत हुन ।
उक्त घटनामा रामकुमार पोखरेल नाम गरेका ब्यक्ति लगायत अन्य दुईजना समेतले आक्रमण गरेका हुन पत्रकार गुरागाईका अनुसार काठमाडौंको सार्वजनिक स्थलमा रामकुमार पोखरेल सहितका दुई जना ब्यक्तिले अचानक आक्रमण गरेको बताएका छन।गुरागाई कपन अनलाइन, काठमाडौँखबर डटकम र हाल रातोसूर्य डटकमका सस्थापक अध्यक्ष हुन्।
घटनाबारे महानगरीय प्रहरी प्रभाग कपन, नेपाल पत्रकार महासंघ काठमाडौं र प्रेस काउन्सिल नेपाल तथा संचार रजिस्टारको कार्यालय हेटौँडा समेत जानकारी गराइएको पत्रकार गुरागाईले जानकारी दिएका छन।







