बूढानीलकण्ठ नगरपालिकामा देखिएको व्यापक बेथिति तथा विसङ्गती विरुद्ध नेपाली काङ्ग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसता अनैतिक कार्यहरु एव बिना अध्ययन गरिने निर्णयहरु तत्काल बन्द गर्ने माग गरेको छ ।

आज बूढानीलकण्ठ नगरपालिकामा त्यसता बेथितिहरु विरुद्ध व्यापक नारा सहित प्रदर्सन भएको थियो भने सो बिरोध प्रदर्सन कार्यक्रमा विभिन्न माग सहित नेपाली काङ्ग्रेसका तर्फबाट सभापति राजाराम बूढाथोकी, माओवादी केन्द्रबाट नगरकमिटी अध्यक्ष भाइनारायण श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट नगरकमिटी अध्यक्ष निरन्जन नेपालको उपस्थितिमा मागपत्र बुझाइएको थियोे ।

नगरपालिकाले यहि आर्थिक बर्षमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमबाट शिक्षा क्षेत्रमा सामुदायिक बिधालयमा प्रधानअध्यापक नियुक्त गर्दा होस या बिल भर्पाइ कागजात नै नपुर्याइ दिएको भुक्तानीबाट देखिएको बेरुजुले लगायतको क्रियाकलाप विरुद्ध दलहरुले विभिन्न माग सहित प्रदर्शन गरेको हो ।

दलहरुले विभिन्न माग गरिएको मागपत्रमा निम्न बुदाहरु समावेश गरिएको थियोे ।

१. आ.व. ०८०/०८१ को बार्षिक नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा प्रस्तुत गरिएको सामुदायिक बिध्यालयहरुमा प्रधानाध्यापक नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने भन्ने नीति नगरपालिकाले लिएकोमा निश्पक्षतामा शंका गर्ने ठाँउ देखिन्छ। किनकी नीति भित्रै निश्पक्ष, स्वतन्त्र र पारदर्शी किसिमको शिक्षाविद्, नेपाल शिक्षा आयोगको प्रतिनिधिहरु सहितको गठन प्रकृयाका सम्बन्धमा नबोलेको पाईएकोले नीति सहि भएता पनि नियतमा कही कतै खोट देखिन्छ। तसर्थ केन्द्रिय शिक्षा ऐन निर्माण भए पश्चात शिक्षा सेवा आयोगको उपस्थितिमा छनोट प्रकृया अगाडी बढाउन जोडदार माग गर्दछौं।

२. बूढानीलकण्ठ नगर कार्यपालिका बैठकको मिति २०८० असार २५ गते को निर्णय नं. ७ मा उल्लेख भएअनुसार करारमा कार्यरत प्राविधिक कर्मचारीहरुको कार्य सम्पादन र मूल्याङ्कन समेत नगरी अन्य करार कर्मचारीहरुको मनोबल समेत गिराउने गरी अमानवीय तथा पूर्वाग्रही ढंगले म्याद थप नगरी सोही पदमा स्थायी पदपूर्ती भई नआउनजेल सम्मको लागी पुनः बिज्ञापन गरी पुनः करारमा प्राविधिक कर्मचारी भर्ना गर्ने निर्णय हास्यासपद एवम् लज्जाजनक देखिन्छ । तसर्थ स्थायी पदपूर्ती भई नआए सम्मको लागी श्रम ऐनको मर्म र भावना अनुसार पनि नीज करारमा कार्यरत कर्मचारीहरुलाई नै म्याद थप गरी सेवामा निरन्तरता दिनको लागी जोडदार माग गर्दछौं ।

३. जनप्रतिनिधिहरु भनेका समाजसेवी हुन् । समाजसेवा गर्छु भनेर जनप्रतिनिधि बनेकाहरुले जनताले तिरेको करबाट पोशाक लगाउने कुरा जनमतको भावना र मर्म बिपरित हुन्छ । जनप्रतिनिधिहरुलाई जनताहरुले सेवा गर्न चुनेका हुन्। तसर्थ जनप्रतिनिधिहरुलाई कर्मचारीहरुलाई जस्तै पोशाक सुबिधा नदिई नगरपालिकामा मितब्ययिता अपनाउन जोडदार माग गर्दछौं ।

४. स्थानीय पाठ्यक्रम ” हाम्रो बूढानीलकण्ठ, मेरो बूढानीलकण्ठ” कक्षा १ देखि ८ सम्मको किताव बैशाख पहिलो साता सम्म प्रत्येक बिध्यालयमा पुग्नुपर्नेमा हाल श्रावण महिनाको पहिलो साता सम्म पनि पुग्न सकेको छैन । पहिलो त्रैमासिक परिक्षा आउन केहि समय मात्र बाँकी रहेको हँदा छिटो भन्दा छिटो उक्त किताब प्रत्येक बिध्यालयमा उपलब्ध गराईदिन जोडदार माग गर्दछौं।

५. शिक्षा ऐन नियमावली बमोजिम बिध्यालय ब्यवस्थापन समिति गठन गर्नुपर्नेमा नगरपालिकाले केन्द्रिय शिक्षा ऐन नियमावलीलाई पनि बेवास्था गरी आफ्नो अनुकूल कार्य बिधि बनाएर बिध्यालय ब्यवस्थापन समिति गठन गर्ने निर्णयलाई तुरुन्त खारेजी गर्न जोडदार माग गर्दछौं।

६. बूढानीलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक बिध्यालयहरुमा अनिवार्य रुपमा पारदर्शी र बिश्वासनीय सामाजिक लेखा परिक्षण गराउन जोडदार माग गर्दछौं।

७. सुचनाको अधिकार अन्तर्गत नगरका सबै जनताले नगरमा भएका/भईरहेका योजना तथा कार्यक्रमको जानकारी लिन पाउने अधिकार छ। तर बूढानीलकण्ठ नगरपालिकाले यो र त्यो बहानामा विवरण दिन आलटाल गरिरहेको हुँदा आ.व. ०७९/०८० को सम्पूर्ण कार्यक्रम र कार्यक्रममा गरेको खर्चको विवरण, योजना र योजनामा भएको खर्च तथा बोर्डले गरेका सम्पूर्ण निर्णयका प्रतिलिपिहरु सात दिन भित्र उपलब्ध गराउन जोडदार माग गर्दछौ ।

८. बित्तिय अनुसासन र आर्थिक पारदर्शीता बिना नगरपालिकाले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन नगरपालिकामा बित्तिय अनुसासन कायम गर्न नसेकेको हाम्रो ठम्याई छ। नगरपालिकाले बिभिन्न शिर्षकहरुमा खर्च गर्दा मितव्ययिता र कार्य बिधि मिचेर गरेको कुरा बिभिन्न सञ्चार माध्यममा आईरहेको छ। उदाहरणका लागी बैठक भत्ता, अध्ययन र अवलोकन भ्रमण शिर्षकमा खर्च गर्दा नियम
बिपरित खर्च गरेको कुरा नगर सभामा लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदनमा पनि उल्लेख गरिएको छ। तसर्थ नगरपालिकालाई बित्तिय अनुसासन र आर्थिक पारदर्शीता कायम गर्नका लागी जोडदार माग गर्दछौ।

९. आ.व. ०८०/०८१ को अनुमानित आय ब्ययको अनुमान हचुवाको भरमा गरेको देखिन्छ। आन्तरिक तर्फ अनुमानित गर्दा अघिल्लो बर्षको तुलनामा कम गरेको देखिन्छ र तुलनात्मक रुपमा गत बर्षको आम्दानीलाई हेर्दा बढी हुनुपर्ने तर गत बर्षको हाराहारीमा मात्र आयको अनुमान गरिएको छ। खर्च शिर्षकमा पनि सही बिश्लेषण गरेको देखिदैन। खर्च शिर्षकहरुमा रकम एकमुष्ट रुपले राखिएको छ।त्यो रकम कसरी खर्च गर्ने योजना सहितको आउनुपर्ने हाम्रो माग हो । नगरल लक्ष्य अनुसार खर्च गर्न सकेको छैन। आ.व. ०७९/०८० को जेठ ‘मषान्त सम्म ३१.२६% मात्र खर्च
भएको रेकर्ड लेखा समितिको प्रतिवेदनमा प्रस्तुत गरिसकेको छ। यस तर्फ पनि नगरको ध्यानाकर्षण गर्न चाहान्छौं ।

१०. नगरपालिकाको आ.व. ०७९/०८० जेठ मषान्त सम्म बेरुजु फर्छयौट हुन बाँकी जम्मा रकम रु. ४४,५१,०२०,००/- देखिन्छ। बेरुजु रकम यति धेरै हुनु नगरवासीका लागी राम्रो सन्देश होइन। तसर्थ कस-कसको नाममा कति कति रकम बेरुजु छ सात दिन भित्र सार्वजनिकरण गर्न माग गर्दछौ।

११. बूढानीलकण्ठ नगरपालिका भित्रका सम्पूर्ण सार्वजनिक जग्गाहरुको तथ्याङ्क सार्वजनिकरण गरी ति जग्गाहरुको संरक्षणका लागी तत्काल सर्वपक्षिय संयन्त्र गठन गर्न जोडदार माग गर्दछौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय