काठमाडौँ । सरकारले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेर कोरोना खोपमा ५ अर्व रुपैया छुट्याएको छ । आज संसदमा आज संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन आउने देखिएको ५ अर्ब कोभिड खोपका लागि उपयोग गर्ने प्रवन्ध मिलाएको छु ।’







