नविना श्रेष्ठ
आषाढ १०,२०८०

गाईगोरुको हत्या गरी सार्वजनिक भोजको आयोजना गर्नेलाई तत्काल कारबाहीको माग गरेको छ। कानुनी दायरामा ल्याउन मधेसी आयोगले आग्रह गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै आयोगले सरकारसहित सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको छ।

सुनसरीको धरानमा गाईगोरुको हत्या गरी सार्वजनिक रूपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरीत रहेको आयोगको ठहर छ । भने कार्यमा संलग्नलाई कारबाही गरी सामाजिक–धार्मिक सद्भाव कायम राख्न आयोगले ध्यानाकर्षण गराएका थिए। संविधानमा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकाले सबै जातजाति र धर्मका मानिसले त्यसको सम्मान गर्नुपर्नेमा आयोगले जोड दिएका छन् ।राष्ट्रिय जनावरको हत्या गर्नु संविधानमाथि नै प्रहार गर्नुसरह भएको आयोगको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय